एमाले ओली समुहले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन,माधव नेपाल पक्षले भन्यो– हाम्रो समर्थन कायमै छ – Janadesh Daily | ePaper

एमाले ओली समुहले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन,माधव नेपाल पक्षले भन्यो– हाम्रो समर्थन कायमै छ


जनादेश, काठमाण्डौ । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद गुलाबजंग शाहले जानकारी दिए। उनका अनुसार बैठकले मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन दिएको छ।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।

नेकपा एमालेको माधव नेपाल पक्षले कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन यथावत रहेको दाबी गरेको छ ।

कर्णालीमा माधव पक्षका नेता एवं सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले समाजिक सञ्जालमा सन्देश लेख्दै सरकारलाई दिएको समर्थन यथावत रहेको बताएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्