रानीतिक नैतिकतामा खडेरी परेकै हो ? – Janadesh Daily | ePaper

रानीतिक नैतिकतामा खडेरी परेकै हो ?


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले प्रतिनीतिसभालाई पुनस्र्थापना गराईदिएपछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा दिने छन् र सत्ता छोड्ने छन् भन्ने आशा गरिएको थियो । उनले आफूले गरेको काम असंवैधानिक र अलोकतान्त्रिक भएको प्रमाणित भएपछि पनि नैतिकताको आधारमा राजनीतिमा नदिई तथा संसद्लाई नै तेजोवत् गर्न लागिपरे ।

सरकारको तर्फबाट कुनै कार्य संसद्लाई नदिई संसद्माथि रिस पोख्न थालेपछि नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको भन्ने सम्बन्धमा व्यापक चर्चा परिचर्चा हुन थालेको छ । वास्तवमा राजनीति मूल नीति हो । यो नैतिक नभएमा मुलुकको सम्पत्तिमाथि लुट मचाउने लुटाहाको रूपमा नेताहरू फेरिने गर्दछन् । जनताले पनि पनि यस्ता नेताहरूमाथि घृणाको दृष्टिले हेर्ने गरेको पाइन्छ ।

अहिले नेपालमा केपी शर्मा ओलीले गरेको प्रतिक्रान्ति र प्रतिगमनले आम जनताहरू निराश भएका छन् र समाजवादी आन्दोलन समेत विघटन भई प्रतिक्रान्तिको पुनरागमन तर्फ मुलुक अगाडि बडेकोले आम जनतामा वितृष्णा पैदा भएको छ । यदि यो वितृष्णा समयमा समाधान हुन सकेन भने यसले मुलुकमा नै ठूलो दुर्घछना हुन सक्ने छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि यो प्रधानमन्त्रीको कार्य असंवैधानिक भयो र पाँच वर्ष सम्म निर्वाचित जनप्रतिनिधिकाम गर्न पाउँनुपर्छ भन्ने माग गर्ने दलहरूबीच यही नैतिकताको अभावको कारण विस्तारै निर्वाचनतर्फ दलहरू लागि परेको छन् । यो अवस्थामा बामपन्थीहरूको विभाजन भएको अवस्थामा निर्वाचनमा गए बढी चुनाव जित्न सकिन्छ भन्ने राजनीतिलाई नाफा र नोक्सानको हिसाब गर्न लागिएको छ, नैतिकता पूर्ण रूपमा त्यागिएको छ ।

यो सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको स्थानमा एमाले ब्युत्याईदिएपछि ओली तथा माधव नेपाल, झलनाथ खनाल समूहहरू कार्य गरिरहेको छन् । यसमा प्रधानमन्त्री ओलीले गुटबन्धी गरेर पार्टीलाई आफ्नो एकलौटी बनाउन चाहेका थिए । तर, पछिल्लो चोटी गएर यी नै गुटबन्दी गर्न लागिपरेको प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालहरूलाई गुटबन्दी गर्‍यौं भनि उनीहरूलाई कारबाही गर्नका लागि पत्र पठाएका छन् । आफैले गुटबन्दी गर्ने रअरूले गुटबन्दी गर्‍यो भनि पार्टीबाट निष्काशित गर्न जुन नैतिकताहिन कार्य भएको छ । यसले गर्दा वर्तमान राजनीतिमा नैतिकतामाथि खडेरी लागेको देखिन्छ । यसैले गर्दा माधव नेपाल लगायत पाँचजनामाथि प्रश्न सोधिएको भन्ने कामरेडहरूले उल्टै प्रधानमन्त्री ओलीलाई प्रतिपश्न सोधेका छन् । यसले गर्दा ओलीको गुटबन्दी गर्ने नैतिकताको भण्डारफोर मात्र नभई यसले गर्दा उनले गरिरहेको गुटबन्दी बारेमा प्रश्न उठेको छ । एउटा गुटबन्दी गर्ने व्यक्तिले अरूलाई गुटबन्दी गर्‍यौं भनि प्रश्न सोध्ने काम कुन नैतिकता गर्‍यो भन्ने पनि प्रश्न खडा भएको छ ।

ओलीको माधव नेपालमाथि प्रश्न, ‘नेकपाको वरिष्ठ नेता को जिम्मेवारीमा रहँदा अध्यक्ष केपी ओलीविरूद्धछ १९ पृष्ठा लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहालको तयार गर्नु पुष्पकमल दाहालको मतियार भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो रु यसको प्रष्टिकरणको जवाफमा माधव नेपालले पार्टी विधान र नीतिविपरीत तपाईले गरेको अनधिकृत कार्यलाई रोक्न तपाई स्वयंम को हस्ताक्ष्मरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष प्रचण्डसमेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको मतियार भएको देख्निु तपाईको व्यत्तिवादको अभिव्यक्ति मात्र हो भनि केपी शर्मा माथि नैतिकताको प्रश्न उठाएको देखिन्छ । साथै उनले प्रतिपश्नमा पार्टी एकताको पूर्वसन्धायादेखि प्रतिनिधिसभाको विघछटनसम्मको अवधिमा तपाईले प्रचण्सँग गर्नुभएको सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो मतियार हो भन्न सकिन्छ रु भनि भनेका थिए ।

यस्तै, ओलीको अर्को प्रश्न, सार्टी अध्यक्ष ओलीलाई अध्यक्ष र साधारण सदस्यसमेतबाट के कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नु गराउनु भएको हो रु यसको प्रतिप्रश्नमा माधव नेपालले भनेका थिए, पार्टी नीति र स्थापित राजनीतिक मूल्य मान्यताविपरीत मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति गर्दा मलगायत पार्टीको नेतामाथि सार्वजनिक रूपमा गाली बेइज्जती गर्ने व्यक्तिहरूलाई प्रश्रय दिने कर्णाली प्रदेशमा आफूअनुकूलका व्यक्तिहलाई प्रयोग गरी मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव लयउने, अप्रत्याशित रूपमा प्रतनिधिसभा विघटन गर्ने र पार्टीको विधान मिचेर अलग संगठन निर्माण गरेकोले तपाईलाई पार्टी अध्यक्षबाट हटाई क्ति स्थानमा मलाई पार्टी अध्यक्ष चयन गरेको तथ्य तपाईलाई जानकारी छैन रु भनि उत्तर दिएका थिए ।

अर्को ओलीको प्रश्न, निर्वाचन आयाचेगमा पार्टी विधान र हितविपरीत पटक–पटक तपाईँ र तपाईसमेत भई विभिन्न प्रकारको निवेदनहरू के कति कारणले दिनुभएको हो रु यस प्रश्नको उत्तरमा माधव नेपालले गत २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र आउनुभनि दिएको सूचनाबारे अध्यक्षको हैसियतले एमालेको केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईले छलफल किन गराउनुभएन रु भनि प्रतिप्रश्नमा उत्तर दिने कार्य गरेकाथिए ।

पार्टीको हित विपरीत गुटबन्दी गरेको ओलीले माधव नेपालहरूलाई गुटबन्दी गर्‍यौं भनि कुन नैतिकताको आधारमाप राष्ट्रिकरण माग्ने हिम्मत गरे रु त्यसैले गर्दा स्वयंम ओलीलाई तपाईलाई किन कारबाही नगर्ने भनि प्रश्न उठ्न गएकोले नेपालको राजनीतिमा नैतिकता भन्ने पटकै छैन भन्ने देखिएको छ । जहासम्म राजनीतिकमा नैतिकताको प्रश्न छ , यो राजनीति र नैतिकताबीच गहिरो सम्बन्ध रहन्छ, यसैले गर्दा राजनीतिको यथार्थवादी विद्धान मेकियावेलीले आफू नैतिक नभएपनि नैतिक क्षमता देखाउन सक्नुपर्दछ, नैतिकता नदेखिए जनताले घृणा गर्न थाल्दछन्, जनताले यदि घृणा गर्न थालेमा शासन सत्ता चलाउन सकिँदैन । त्यसैले नैतिक नभएपनि देखाउन भएपनि नैतिकता देखाउनुपर्दछ भन्ने उनको भनाई छ । नैतिकता नभए यो राजनीति मूल्य र मान्यताविहिन फोहोरी खेलको रूपमा परिवर्तन हुन जान्छ । अहिले नेपाललगायत दक्षिण एसियाको राज्यहरूमा जनप्रति र नेताहरूलाई सम्मान नभई घुणाको रूपमा हेर्ने देखिएको छ । उनीहरूले भनेको कुरा कसैले पनि पत्याउँदैनन् । स्वार्थको लागि जे पनि गर्न सक्ने ढोङ्गी राजनीतिक नेताहरू हुने गर्दछन् भन्ने भनाई रहेको छ । त्यसैले गर्दा राजनीती हामीले गर्न काम होइन, यो चलाख र घुर्तहरूले गर्ने खेल भन्ने पाइन्छ ।

हालै गरिएको एक सर्वेक्षणले समेत ६० प्रतिशत भन्दा बढी जनताले नेताको कुरा पत्याउँदैनन् । अहिलेको मुलुकको खिचातानीमा ६० प्रतिशतभन्दा बढी जनताले नेताको कुरा पत्याउन छाडेका भनेको हुन् । यो कुरा स्वयम प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि थाँहा हुन्छ । मैले यो गरे, त्यो गरे सरकारले यस्तो गर्नेछ भनि हवाई पुल बाध्ने काम गरेको हुन्छन् तर जनताले यी कुरा पत्याएको देखिँदैन । त्यसैले प्रधानमन्त्रीले हामीले गरेको राम्रो काम जनतामा नगएको हुन् र जनतामा पुर्‍याउनुपर्‍यो तथा सवै कार्यकताई यसको लागि लागी पर्नुपर्‍यो तथा अरिगांल भई विरोधीलाई डष्नु पर्‍यो भन्ने जस्ता अभिव्यक्ति यही प्रधानमन्त्रीमा घटेको नैतिकताले देखाएको छ । नत्र गरेको राम्रो काम जनतामाथि घोचेर देखाउनुपर्ने थिएन । बोली भन्दा कार्य ठूलो स्वरले बोल्छ भनिन्छ, राम्रा काम गरेको भए, जनतामा उनीप्रति आस्था भएको भए, मेरो तारिफ गरिदेउ भनि प्रधानमन्त्रीले भजनमण्डली खोजेर हिड्नुपर्ने थिएन । यही भजनमण्डलीको भजनकिर्तनबाट फाइदालिनेहरूले प्रशस्त फाइदा लिईसकेको छन् । नेतासामु पत्याएको जस्तो गरी टाउको हल्लाएतापनि अलि पछाडी गएर नेताको विरूद्धमा उही जनताले गाली गर्ने गरेको छन् ।

नेपालको सर्वसाधारण जनताको ४४ प्रतिशत भन्दा बढीले मुलुकको राजनीतिक गलत दिशातर्फ लागेको छ भन्ने भनाई व्यक्ति गरेका थिए । गरिएको सर्वेक्षण अनुसार स्थानीय सरकारप्रति जनताले बढी आशा गरेको देखिन्छ । जनताहरूले ४८प्रतिशतले स्थानीय, १५।८ प्रतिशतले केन्द्र सरकार र ३.८ प्रतिशतलेमात्र प्रदेश सरकारले केही गर्छन कि भन्ने आशा व्यक्त गरेका थिए । ओलीले काग कराएको जस्तै २४ घण्टा रेडियो टेलिभिजन र गोरखापत्र आदिमा आफूले आफ्नो तारिफ गरेकोमा समेत जनताले विश्वास गरेको देखिँदैनन् । यसो हुनुमा ओलीले जे भन्छन्, त्यो गर्दैनन् र जे गर्दैनन् त्योभन्छन्, भनेको कुरा कहिल्यै पुरा गर्दैनन्, उखान तुकका गरी नैतिकहिन कार्यमा लागिपरेको देखिन्छ । वास्तवमा नेतालाई फटाहा विश्वास गर्न नसकिने, बलात्कारी र आफ्नो स्वार्थीपूर्तिका निम्ति जनतालाई धोका दिने व्यक्तिको रूपमा लिन थालेको छन् ।

केही समयअघि पहिलो पुस्ताका राजनीतिक नेताहरू आदर्शवादीको रूपमा दिने गरिन्थ्यो, तर दोस्रो, तेस्रो, चौथो पुस्ताका नेताहरूलाई अविश्वासी, ढोङ्गी र स्वार्थसिद्धको निम्ति धोकादिन पछि नपर्ने, गुलियो विषको रूपमा हेर्ने गरेको छन् । यो स्थितिमा परिवर्तन नभए राजनीति प्रति नै पूर्ण वितृष्णता उत्पन्न हुनसक्छ । वितृष्णाले निराशा र आक्रोष उत्पन्न हुनेछ । जनसाधारणमा उठेको यो आक्रोष त्यति सजिलै थामिन सकिँदैन । यथास्थिति बदलने हुटहुटी नबढ्दासम्म र परिवर्तनप्रति प्रतिबद्ध मान्छेमा स्पष्टता नआउँदासम्म दिक्दारी छाइरहन्छ । आम दिक्दारीलाई पुँजीकृत गर्र्दैै शासकहरू आफूअनुकूलको परिस्थितिलाई मजबुत बनाउँछन्, क्रान्तिका उपलब्धि सधै उल्टाउन थालेको देखिन्छन् ।

प्रधानमन्त्रीको नैतिहहिनताले गर्दा जनतालाई उनीप्रति पटक्कै विश्वास रहेको छैन । उनी १४ वर्ष जेल ज्यानमारमा परेको हुन् । तर, गफ गर्दा लोकतन्त्रको आन्दोलनमा जेल परेको भन्ने कुरा गरिरहेको छन् । तर, उनले लोकतान्त्रिक संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेकोले गर्दा उनको आफूलाई लोकतन्त्रवादी भन्ने नैतिकता कहाँ बाट आयो रु उनले तँ अरूले सुरू गरेको लोकतन्त्रलाई समेत भत्काएर कम्युनिष्ट आन्दोलनलाई तहस–नहस गर्ने काम पनि विदेशीको इशारामा गरिरहेको छन् । निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको बोलमिा लय मिलाउँदै शीतलनिवासले संविधान र न्यायलयप्रति आफ्नो स्म्मान नभएको संकेत दिएकोले राष्ट्रपतिको नैकित धराताल र मूल्यमान्यतामाथि पनि नैतिक प्रश्न खडा भएको छ । उनी नेपालको राष्ट्रपति हुनुको सट्टा ओली गुटको कोटरीको राष्ट्रपति भएको देखिँदा राष्ट्रपतिको समेत नैतिकता समाप्त भईसकेको देखिन्छ ।

आफ्नो निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक भनि पुनस्र्थापना गरिदिएपछि पनि प्रधानमन्त्री पदमा रहिरहनु नैतिक र राजनीतिक दृष्टिले पनि अनुपयुृक्त रहेको छ । प्रधानमन्त्री पदमा रहीरहने आधार समेत गुमीसकेकोले उनलाई प्रधानमन्त्री पदमा बसीरहनु कुनै नैतिक आधार छैन, खाली प्रधानमन्त्री पदमा बसेर आफ्नो मानिसहरूलाई राष्ट्रको धन लुटाउनु र आफ्नो नजिकको व्यक्तिहरूलाई पदप्रतिष्ठामा पुर्‍याउनु मात्र रहेको जस्तो देखिन्छ । संविधानको पालना र संरक्षण गर्ने तथा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने दायित्व भएको शीतल निवासले विगत लामो समयदेखि नेकपा एमालेको एउटा गुट र त्यसमा पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिएर आफ्नो साख गुमाउने काम गरेको छ ।

यसको साथै, समाजवादी जसपाका नेता राजेन्द्र महतोले बारम्बार नैतिकहिन अभिव्यक्ति दिईरहेको देखिन्छ । उनको भनाईमा ओली, देउवा, प्रचण्ड समान हुन्, जसले उनीहरूको माग गर्दछ, उसैसँग सहकार्य गर्ने भन्दै हिडेको छन् । यो भन्दा नैतिकहिन विषय अरू केही हुन सक्दैन । उनकै पार्टीको वरिष्ठ नेता उपेन्द्र यादव र बाबुराम भट्टराई प्रतिगामी पाइला चाल्ने ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन भनि हिडीरहेको छन् । राजनीति भनेको नीतिहरूको पनि मूल नीति हो ।

जब राजनीतिमा नैतिकता हराउँछ तब रानजीति, राजनीति रहँदैन । संसद् विघटन गर्ने कार्य अदालतबाट बदर भईसक्दा पनि ओलीले कुनै पश्चात्ताप गरेनन्, न राजीनामा दिन नै नैतिकता देखाए । उनै नैतिकहीन नेतासँग नयाँ सत्ता समीकरण गर्न जसपा लागिपरेको छ । त्यस्तै, नेपाली काँग्रेसको शेरबहादुर देउवा समेत पदको लागि राती १२ बजे पछाडिको ढोकाबाट छिरेर जाने व्यक्ति अहिले अरू पार्टीहरूलाई अप्ठ्यारो परेको अवस्थामा र लोकतन्त्रमाथि प्रहार भईरहेको अवस्थामा कुनै किसिमको प्रतिक्रिया नगरी बस्नु समेतलाई नैतिकतापूर्ण कार्य भन्न सकिँदैन । राजनीतिमा सिद्धान्त र मूल्यमान्यताको लागि आफूलाई नै उत्सर्ग गर्ने गरिन्छ । तर, नेपालमा अहिले राजनीतिको नाममा अकुत सम्पत्ति कमाउने जस्तो नैतिकहिनताको स्थिति उत्पन्न भएको छ । यो लामो समयसम्म रहेमा, यसल मुलुकलाई नै बर्बाद गर्ने भएकाले जनताको स्तरबाट प्रत्यक्ष हस्तक्षेप गरिनुपर्ने आवश्यकता भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्