बलिउड अभिनेत्री आलियालाई कोरोना – Janadesh Daily | ePaper

बलिउड अभिनेत्री आलियालाई कोरोना


अन्तर्राष्ट्रिय अपडेट ।

बलिउड अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण भएको छ।

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्।

बिहीबार राति २८ वर्षीया अभिनेत्रीले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्।

आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उनले बताएकी छिन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्