प्युठान नगरपालिकाः विद्युतीय शासन र सुचना प्रविधि व्यवस्थापन तालीम सम्पन्न – Janadesh Daily | ePaper

प्युठान नगरपालिकाः विद्युतीय शासन र सुचना प्रविधि व्यवस्थापन तालीम सम्पन्न


जनादेश, प्युठान ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजना गरिएको विद्युतीय शासन र सुचना प्रविधिको व्यवस्थापन सम्बन्धि पाँच कार्य दिनको तालीम प्युठान नगरपालिकामा सम्पन्न भएकोछ ।

तालीमको समापना समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षापतिले भन्नु भयो ‘कर्मचारीको चौतर्फी विकासका लागि तालीमको आवश्यता हुन्छ नै । त्यसमा पनि सुचना प्रविधि सम्बन्धी तालीमले कर्मचारीमा प्रविधि बारे ज्ञान र सीपको विकास गर्ने हुँदा कार्यसम्पादनको स्तर बृद्धि हुने छ साथै नगरपालिकाको सेवा प्रवाह छिटो छरितो हुनेछ’ । भविश्यमा पनि समय मिलाएर नगरपालिकाले अन्य तालीमहरु पनि आयोजना गर्ने उहाँले बताउँनु भएको छ ।

प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका विशिष्ट अतिथि यज्ञ बहादुर बुढाले भन्नु भयो ‘तालीमले कर्मचारीहरुको ज्ञान, सीप र धारणामा परिवर्तन ल्याउने हुँदा कर्मचारीहरुले समय समयमा तालीम लिन जरुरी छ । सरकरले विद्युतीय शासन अभ्यासमा ल्याई सकेको सन्दर्भमा हाम्रा दैनिक कार्य र सेवाहरु पनि प्रविधि मौत्री हुन अत्आवश्यक छ ।’

समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष एवं स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भन्नु भयो ‘विकसीत देशहरुले कलाउण्ड शासनको अभ्यास गरिरहेको वर्तमान समयमा नेपाल सरकारले पनि विद्युतीय शासनलाई जोड दिइरहेको छ । विद्युतीय शासनललाई सफल बनाउँन सकेमा राज्यका सबै तहहरुमा सुशासन कायम राख्न टेवा पुग्ने छ ।’

तालीममा प्युठान नगरपालिकाका १० वटै वार्डाका सचिवहरु लगाएत २५ जना कर्मचारीहरुको सहभागीता रहेको नगर प्रमुख अर्जुन कुमार कक्षापतिले जनादेशलाई जानकारी गराउँनु भएकोछ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्