दीपाश्री निरौलालगाएतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ – Janadesh Daily | ePaper

दीपाश्री निरौलालगाएतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


काठमाडौँ ।

हास्यकलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाललगाएतको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जना बालकलाई पक्राउ गरेको छ । पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

केही दिन अघि निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी आफन्त र साथीहरूसँग पैसा माग गरिएपछि प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा ती बालकलाई सोमबार पक्राउ गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्