समाजवाद र प्रविधि | Janadesh Daily | ePaper

समाजवाद र प्रविधि


समाजवादी आन्दोलनको प्रदुर्भाव समाजका सबैभन्दा शोषित, उत्पिडित वर्गको मुक्तिका निम्ति सुरु भएको हो । मानव समाज दास, मालिकको नेतृत्वमा, समान्तहरुको नेतृत्वमा र पुँजीपतिहरुको नेतृत्वमा अगाडि बढ्ने कामहरु हुँदै आएको हो र खास गरेर पूँजीवादी क्रान्तिको क्रममा स्वतन्त्रता, भातृत्व र समानताका नाराहरु मुखरित भए । यसले नवोदित मध्यम वर्ग र पूँजीपति वर्गलाई समाजमा सबैभन्दा प्रगतिसिल वर्गका रुपमा स्थापित गराइदियो र पूँजीवादी युगमा उत्पादको गति र मात्रा एकदमै तीब्र गतिमा बढ्यो तर पूँजीवादले आफूले प्रतिवद्धता जनाएको स्वतन्त्रता, भातृत्व र समानतालाई समेत व्यावहारमा लागु गर्न सकेन ।
मान्छे अनवरत रुपमा मुक्तिको निम्ति संघर्ष गरिरहेको हुन्छ । मुक्ति अर्थात आफ्ना अधारभूत आवश्यकताहरुको भोकबाट स्वतन्त्रता, अशिक्षाबाट स्वतन्त्रता, विभेदबाट स्वतन्त्रता उसले चाहिरहेको हुन्छ । यहि चहानामा समाजवादी आन्दोलन अगाडि आयो ।

सुरुमा समाजवादका प्रणेताहरुले राम्रा सपनाहरु देखे, सपनाहरु सजाय, राम्रा लक्ष्यहरु निर्धारण गरे तर उनीहरुले समाज हिड्न् बाटो, समाजलाई हिडाउने कारक तत्व र समाजको गतिलाई पत्ता लगाउन सकेका थिएनन् । त्यसैले उनीहरुले समाजवादका ब्लु प्रिन्टिहरु बनाएर तर समाजलाई बुझ्ने र समाजलाई विश्लेषण गर्ने र समाजका बाहक शक्तिहरुलाई सीमित गरेर समाजलाई अगाडि बढाउने प्रयासको अभावमा उनीहरु स्वप्नदर्शी समाजवादीको रुपमा दरिए ।

इतिहासदेखि आफ्नो समयसम्मको ज्ञानको दुबै धाराको गहिरो अध्ययन गरेका माक्र्सले प्राकृतिक विज्ञानसंगत दृष्टिकोणबाट समाजको अध्ययन गरेर समाजवादी सिद्धान्तको प्रतिपादन गरे । समाजवादी आन्दोलनको क्रममा समाजवाद प्रति आर्कर्षिक बन्दै गएका युवा कार्ल माक्र्सले वेलाईतमा जब मजदुर वर्गलाई नजिकबाट देख्ने मौका पाए । त्यहाँ उनले पूँजीवादले विकास गरेको प्रविधि पनि देखे र पुँजीवादको उत्पिडनमा परेको मजदुरहरुलाई पनि देखे । ती मजदुरहरुलाई नजिकबाट देखिसकेपछि, बुझिसकेपछि माक्र्स यति उदेलित भएका छन् जसरी एउटा बैज्ञानिक आवष्किार गरेपटि प्रफुल्ल हुने गर्छ ।

माक्र्सले आफ्ना पितालाई उत्साहका साथ लेखेको पत्रमा यही भाव पाइन्छ । बाबा मैले पत्ता लगाएँ अर्थात यो समाजलाई अब नेतृत्व दिन सक्ने सबै भन्दा बलशाली, सबैभन्दा भरोसा योग्य वर्गको रुपमा उले सर्वहारा वर्गलाई पाए । आज संसारमा चलिरहेको अधिकांश समाजवादी आन्दोलन कार्ल माक्र्सको शिक्षाबाट कुनै न कुनै हदसम्म प्रभावित र निर्देशित रहने गरेको छ ।

अब प्रविधिको कुरा गर्दा हामीले पहिला यो कुरा प्रष्ट हुन जरुरी छ कि ज्ञान विचरण गर्ने केवल दुइवटा क्षेत्रछन् । एउटा प्रकृति विज्ञान र अर्को समाज विज्ञान । यो दुईबटाको साड.्गो पाड.्गो अध्ययन वा, बुझाइ नै ज्ञान हो । मान्छे पनि प्राकृतिकै एउटा सड.्घटक हो त्यसैले उसले प्रकृतिसंग लय मिलाएर, गति मिलाएर बाँच्ने र अगाडि बढ्न् कोशिस गर्दा नै त्यो मान्छे भन्ने जीवकै निम्ति पनि दीर्घकालीन हितको कुरा हुन्छ भन्ने कुरालाई अझै पनि महशुस गरिएको छैन् । खास गरेर पूँजीवादले प्रविधिलाई मान्छेको समाजसंग विच्छेद गराएकोछ । मान्छेका कामहरु सजिलो बानाइदिन, उत्पादनहरु बढाइदिन र जहाँ मान्छेको बल, तागत आदिले भन्दा बढि तागतहरु पैदा गरेर उत्पादन बढाउनका निम्त, मान्छेका आवश्यकताहरु पूर्ति गर्नको निम्ति विकास भएको हो । तर मान्छेका निम्ति प्रविधि कि प्रविधिका निम्ति मान्छे भन्ने प्रश्न पनि बार बारबार उठ्ने गर्छ ।

अहिले जुन प्रकारले प्रविधिले विकास गरेको छ विगत ५० वर्षमा प्रकृति विज्ञान र समाज विज्ञानको प्रगति र उन्नति हेर्दा समाज विज्ञान धेरै पछाडि परेको छ । यो एक शाताब्दिको बीचमा प्रकृति विज्ञानले चमत्कारिक विकास गरेका छ तर त्यो प्रकृति विज्ञान मानव जीवनका निम्ति र संसारका सबै जीवित प्राणीहको हितका निम्ति हुनुपर्नेमा त्यो मानव जातिको नियन्त्रण भन्दा बाहिर गइदियो भने प्रकृति विज्ञानमा हासिल गरेका चमत्कारहरुले प्राणी जगतकै जीवनलाई, प्राणीकै अस्तित्वलार्ई खतम पारिदिने खतरा अगाडि बढेको छ ।

अहिले संसारका धेरै वैज्ञानिकहरु विशेषत प्राकृतिक विज्ञानका वैज्ञानिकहरुले यस बारेमा चिन्ता प्रकट गरेका छन् । जस्तो आइन्स्टाइनले समाजवाद सम्बन्धी एउटा लेख लेखेका छन् । यसरी पछि स्टेफिन हकिन्ड.स जस्ता वैज्ञानिकहरुले पनि आफ्नो आस्था र विश्वास समाजवादप्रति जाहेर गरेका छन् ।यसको कारण चाँही के हो भन्दा माक्र्सवाद र प्राकृतिक विज्ञानमा थुपै कुराहरुमा समानता छन् । दुबैको बुझाई र निष्कर्षहरु समान देखिन्छन् । दुबैले भैतिक बस्तुलाई प्राथमिक ठान्दछन् र भैतिक वस्तु भित्रको द्धन्दात्मक शब्दलाई स्वीकार गरेका छन् । यो पृथ्वी यो ब्रमाण्ड, प्रकृति छ । यो वास्तविकता हो भन्ने कुरा प्राकृतिक विज्ञानले पनि स्वीकार गरेका छ र माक्र्सवादले पनि स्वीकार गरेको छ । यस वाहेक देखिने सुनिने दृष्यभन्दा भित्र गएर वस्तु घटनाको अध्ययन गर्न दुबै आवश्यक ठान्दछन् । त्यसैले प्राकृतिक विज्ञानसंग संड.गतिपूर्ण ढंड.गले समाज विज्ञानलाई अगाडि बढाउनका निम्ति माक्र्सवादले निर्देशित गर्दछ । तर यो वितेको ५० वर्षमा माक्र्सवादको विकासमा जति योगदान मानिसहरुले गर्नु प्रथ्यो त्यो जुन सकेको छैन् । खासगरि लेलिन पछाडि एउटा ठूलो रिक्तता हामी महशुस गर्न सक्छौ ।

आ आफ्नो ठाउबाट माओत्सेतुड. जस्ता मान्छे, अलबर होक्जा जस्ता मान्छे र थुप्रै माक्र्सवादीहरुले, थुप्रै विद्धानहरुले योगदान पुर्याउने कोशिस गरेका छन् । जसरी लेलिनले आफ्नो सापेक्षतामा, आफ्नो समयमा समाज विज्ञानलाई बुझेने र विश्लेषण गर्ने क्षमताको प्रदर्शन गरे । त्यस्तो क्षमता प्रदसित भइरहेको छैन् ।

अब अहिले खास गरेर समाज विज्ञान पछाडि पर्नुको कारण र प्रकृति विज्ञानको क्षेत्रमा भएको चमत्कारिक विकासले अब प्रजातन्त्र नै सिमित हुने, मान्छेका विवेक नै समाप्त हुने र मान्छेले हजारौ हजार वर्षको संघर्ष पछाडि आर्जन गरेका मूल्य र मान्यता, नैतिकता सबै मानकहरुलाई निर्मम तरिकाले आधुनिक प्रविधिले मिच्दै लैजाने हो कि? जस्तो कृतिम बौद्धिकता, डाटा प्रभुत्ववाद खतरनाक स्थितिहरु, सम्भावनाहरु अहिले देखा परिरहेकाछन् ।

मानव विज्ञानले विकास गरेर प्रकृति विज्ञानलाई समायोजित गर्ने संयमित तुल्याउने र मानवको नियन्त्रणमा, जीवको नियन्त्रणमा, जीबको हितमा लागु गर्न सकेनौं र मान्छेको सचेतनाले यो प्रविधिलाई नियन्त्रण गर्न सकेन भने एउटा ठूलो दुघर्टना हुन्छ कि भन्ने खतरा देखा परिराखेको छ ।

अब यसमा खासगरि समाज विज्ञान भित्र चल्ने वादविवादहरुको सन्दर्भमा पूँजीवादी नै एक खालको पूँजीवादको अर्को खालको पूँजीवाद, एक नामको पूँजीवादको विकल्पमा अर्को खालको पूँजीवाद ल्याउने भगिरत प्रयत्न विश्वस्भरमा र नेपालमा पनि भइरहेको छ ।

आफ्नो आकारको सापेक्षतामा नेपालमा विश्व वर्गसंघर्ष भित्रिएको छ त्यसमा असाध्य चनाखो भएर भागीदार बन्न सकेको स्थिति त छैन तर पनि यहाँ पनि विश्वपूँजीवादका पक्षपातिहरु देखा परेका छन् र स्वभाविक रुपमा अहिले निकै निमछरो स्थितिमा भएपनि समाजवादी आन्दोलनका पक्षधर अर्थात माक्र्सवादका पक्षधरहरु पनि नेपाल रहेका छन् ।

नाममा माक्र्सवादीहरु सरकारमा रहेको तर उनीहरुले पूँजीवादी बाटो नै अख्तियार गरिरहेको पूँजीवादी मूल्य र मानयता आदि तमाम कुराहरुलाई बढवा दिइरहेको बढो दुखान्त स्थितिबाट नेपाल गुज्रिरहेको छ । यो स्थितिमा किसान, मजदुर वर्ग, नेपालका खटिखाने वर्गसंग आजभन्दा ७० वर्ष अगाडि नेपालका कम्युनिष्टहरु र नेपालका कांग्रेसहरुले संझौता गरेका थिए । जुन कारार गरेका थिए त्यो करारमै धोका हुँदै छ , धोका दिइदै छ । हामीलाई धोका दियो भन्ने स्थितिमा नेपालको किसान, मजदुर जान थालेको प्रतित हुन्छ ।

यो स्थितिमा यी पुराना पार्टीहरुले आफ्ना समाजिक वर्गको समाजिक स्वार्थको, बर्गीय स्वार्थको प्रतिनिधित्व गर्न छाडेको भन्ने टुड.गोमा नेपालका किसान मजदुरहरु पुगे भने स्भाविक रुपमा उनीहरुको विकल्पमा आफ्नो फेरी एउटा नयाँ शक्ति पैदा गर्ने छ । अब यही भित्र जुन संघर्ष चलिरहेको छ । धेरै चर्को संघर्ष त भइ सकेको छैन् तर संघर्षका अलिअलि झिल्काहरु देखिदै यो चर्किदै गएर यी पार्टीहरु नेकपा वा नेपाली कांग्रेसले आफ्नो समाजवादी धेय र धारणाहरुलाई बोकेर अगाडि बढने लक्षणहरु देखाए भने स्वाभाविक रुपमा किसान मजदुरले त्यो संघर्ष गर्नु प्रदैन जुन संघर्ष निकै कष्ट साध्य हुने छ ।

आज पनि जरुरी छ कि मान्छेले आफ्नो चतनाद्धारा अधुनिक प्रविधिहरु प्रकृति विज्ञानले गर्ने उन्नतिहरुलाई जीवको हितमा, जीवको सुरक्षाका निम्ति, जीवको दीर्घायुका निम्ति प्रयोग गर्न सकोस अन्यथा मान्छे यसरी नै बेलगाम भएर आफ्नै भविष्यको चिन्ता नगरेर पर्यावरणहरुलाई ध्वस्त गर्ने र यो आफ्नो संसारलाई चाँहि जीव बाँच्न नसक्ने स्थितिमा पुर्यायो भने स्भाविक रुपमा यो अहिलेका जीवहरु लोप हुन पनि सक्छन् । सबै गायब हुन पनि सक्छन् फेरी लाखौं वर्ष पछाडि, करोडौं वर्ष पछि ग्रहहरुमा जीवहरु त देखा पर्लान तर अहिलेको यो जुन आफूलाई सचेत ठान्ने मान्छे भन्ने जीव छ यो आफ्नो अचेतनाका कारणले, आफ्नो मूर्खताको कारणले, आफ्नो अहमको कारण आफू लगाएत सबै जीवलाई ध्वस्त पार्ने प्राणी साबित हुनेछ । त्यसैले प्रविधिको विकास र प्रयोगमा आज हाबी भइरहेको पूँजीवादी चिन्तनको हस्तक्षेपलाई समाजवादी मूल्य र मान्यताले स्थानपूर्ति गर्न सकिएकन भने प्रविधिको प्रयोगले पूजीवादले मानव सभ्यता र प्रर्यावारणलाई ध्वस्त पार्ने कुरा निश्चित छ । सिटीइभिटी कर्मचारी संगठन स्मारिका २०७७ बाट साभार

लेखकः पूर्व-सुचना तथा संचार मन्त्री र प्रतिनिधि सभा सदस्या हुनुहुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्