बालुवाटारमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच वार्ता | Janadesh Daily | ePaper

बालुवाटारमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच वार्ता


जनादेश, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सो वार्ता भएको हो।

वार्तामा जसपा अध्यक्ष ठाकुरले जसपा नेताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने विषयमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता तथा जसपासँग वार्ता गर्न गठित कार्यदलका सदस्य सुवास नेम्वाङले जनादेशलाई बताएकाछन् ।

उनले डिसी नेपालसँग भने, ‘छलफलको मुख्यकुरा जसपाको मागको विषय हो। उहाँहरु (जसपा)का मागहरु छन्। रेशम चौधरीलगायतका मानिसहरुको मुद्दाको कुरा छ। त्यही विषयमा कुराकानी भएको हो।’ तर कुराकानीमा सहमति जुटेको वा नजुटेको विषयमा भने केही खुलाइएको छैन।

जसपाले आफ्ना माग पूरा गर्नेलाई सरकारका लागि समर्थन दिने बताउँदै आएको छ। ओली सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा मागरिहरको छ तर समर्थन फिर्ता लिएको छैन।

जसपाको समर्थन जुटाएर प्रधानमन्त्री ओलीले आफ्नो सत्तालाई बलियो बनाउन चाहिरहेका छन्। त्यसैका लागि जसपाका नेताहरुमाथिका मुद्दा फिर्ता लिने प्रयिक्रया सरकारले अगाडि बढाइसकेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्