४ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, २५ वटा आन्तरिक उडान रद्द – Janadesh Daily | ePaper

४ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, २५ वटा आन्तरिक उडान रद्द


जनादेश, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि शुक्रबार चारवटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दमामबाट आउँदै गरेको हिमालय एयरलाइन्सको विमान र दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको विमान बनारस फर्किएका छन् । त्यस्तै दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान कोलकाता र दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान उतै फर्किए ।

तिवारीका अनुसार एयर इन्डियाको विमानले दोस्रोपटक काठमाडौं अवतरणका लागि प्रयास गरेको थियो तर सफल हुन नसकेपछि दिल्ली नै फर्किएको थियो ।

आन्तरिक उडानतर्फ शुक्रबार बुद्ध एयरका ६ वटा उडान र यती एयरलाइन्सको एउटा उडान काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भएका थिए । विमानस्थलमा दिउँसो ४ हजार मिटर भएको भिजिबिलिटी साँझ ६ हजार मिटर भएको थियो ।

खराब मौसमका कारण २५ वटा आन्तरिक उडान रद्द भए । आन्तरिक उडानमा रहेका वायुसेवाहरूले शुक्रबारका लागि १ सय १७ वटा उडान तालिका बनाएका थिए तर बेलुकीसम्म ९२ वटामात्रै हुन सकेको विमानस्थल कार्यालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्