राजनैतिक विश्लेषक प्रा.डा. शिवाकोटीको निधन – Janadesh Daily | ePaper

राजनैतिक विश्लेषक प्रा.डा. शिवाकोटीको निधन


जनादेश, काठमाण्डौं ।  नेपाल कुटनीतिक अध्ययन संस्थाका अध्यक्ष तथा राजनैतिक विश्लेषक प्रा.डा. गोपाल शिवाकोटीको आज विहान काठमाडौ घट्टेकुलोस्थित आफ्नै निवासमा निधन भएको छ ।

श्रेष्ठ हुन् पत्रकारको संस्थापक अध्यक्ष - Hamar Pahura

दोलखा जिल्लाको सुस्पा क्षमावतीको ओखलढुङ्गा गाउँमा २००५ सालमा जन्मनु भएका शिवाकोटीले जीवनमा राजनीति¸ पत्रकारिता¸ प्राध्यापन¸ अनुसन्धान तथा लेखनमा आफ्नो जीवन क्रियाशील बनाउनु भएको थियो ।

उहाँका राजनीतिशास्त्र, दर्शन, विभिन्न जातजाति र परराष्ट्रसम्बन्धी दर्जनौ पुस्तकहरु प्रकाशित छन् । उहाँको निधनले नेपालको बौद्धिक क्षेत्रमा ठूलो क्षति भएको छ ।

२०५८ सालदेखि आँखा नदेख्ने र २०६१ सालदेखि मृगौला रोगबाट पीडित भर्इ मधुमेह र कानको समस्याबाट पीडित भएपनि उहाँ निरन्तर लेखन तथा अध्ययन अनुसन्धानमा क्रियाशील हुनुहुन्थ्यो ।

स्व. शिवाकोटीलार्इ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

-सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्