सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारीः चिली – Janadesh Daily | ePaper

सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारीः चिली


सान्टियागो । चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ ।

कोरोना भाइरस खोपः चीनले तयार पारेको कोभिड-१९ खोपका बारेमा हालसम्म थाहा भएका  कुरा - BBC News नेपाली

सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ ।

चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिगो यानेजले सञ्चारकर्मीसँग कुरा गर्दै चिली सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको छ भन्नुभयो ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म करिब ११ लाख ३१ हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने २५ हजार २७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा ५ प्रतिशतले कमी आएको जानकारी दिनुभयो । रासस–सिन्ह्वा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्