ओलीका निर्णयविरुद्ध माधव नेपाल पक्षको मुद्दामा आज भएन सुनुवाई, समय अभाव – Janadesh Daily | ePaper

ओलीका निर्णयविरुद्ध माधव नेपाल पक्षको मुद्दामा आज भएन सुनुवाई, समय अभाव


जनादेश, काठमाण्डौ । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ नगरी इजलास अन्त्य भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

वैशाख ९ गते नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय खारेजीको माग गर्दै रिट दिएका थिए।

निवेदनमा आफूहरुसहित २८ जना संघीय संसदको सदस्यसमेत रहेका नेताहरुमाथि गर्न लागिएको कारबाही रोक्न माग गरिएको छ।

उक्त रिटको आइतबार पहिलो पेशी न्यायाधीश ढुंगानाको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोकेका थिए । पेशी सूची लामो भएको र त्यसको पनि अन्तिममा परेकाले आइतबार सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्