चेन्नइ फेरि आइपिएल तालिकाको शीर्ष स्थानमा, हैदरावाद पराजित – Janadesh Daily | ePaper

चेन्नइ फेरि आइपिएल तालिकाको शीर्ष स्थानमा, हैदरावाद पराजित


जनादेश स्पोर्ट्स ।

चेन्नई सुपर किङ्स फेरि इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीमा बुधवार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा फर्किएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गरेको हैदरावादले २० ओभरमा तीन विकेट गमाउँदै १७१ रन बनाएको थियो। १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय पारी खेले। गायकवाडले ७५ रन बनाउँदा प्लेसिसले ५६ रन बनाए।हैदरावादका राशिद खानले ३ विकेट लिएका थिए।

हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय पारी खेल्दा कप्तान डेभिड वार्नरले ५७ रन बनाउका थिए।चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिएका थिए।

जितसँगै चेन्नई ६ खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। समान ६ खेल खेलेको हैदरावादको यो पाँचौ हार हो। हैदरावाद २ अंकसहित लिग तालिकाको अन्त्यमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्