अनावश्यकरुपमा बाहिर ननिसक्नुस् प्रहरी कारवाहीमा परिएला ! निषेधाज्ञामा के गर्न हुने के नहुने – Janadesh Daily | ePaper

अनावश्यकरुपमा बाहिर ननिसक्नुस् प्रहरी कारवाहीमा परिएला ! निषेधाज्ञामा के गर्न हुने के नहुने


जनादेश अपडेट ।
काठमाडौं उपत्यकामा १५ दिने निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको समयमा मानिसहरुलाई बाहिर निस्कन दिइने छैन ।

अनावश्यक हिँडडुल राेक्न काठमाडौं उपत्यकाका सबैजसो चाेक प्रहरी खटिएका छन् । प्रहरीले सडकमा साेधीखाेजी गर्ने, परिचय पत्र हेर्ने गरिरहेका छन् । बिनाकाम सडकमा निस्कनेलाई कारबाही गरिने प्रहरीले जनाएकाे छ ।

बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि पनि होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जनादेशलाई जानकारी दिए ।

डौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ। यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।

निषेधाज्ञा कुन सेवा सञ्चालन हुन्छ ?
-एम्बुलेन्स, शववाहन, दमकल ।
– सुरक्षा निकायका सवारी साधन ।
– अत्यावश्यक सागम्री बोकेका ढुवानी साधन ।
– अनुमति लिएका सवारी साधान । विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारी साधन ।
– खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म ।
– सरकारी, बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सेवाका कर्मचारी ।
– पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
– डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र १० देखि ५ बजेसम्म) ।
– खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन ।

कुन सेवा बन्द:
– होटल तथा रेस्टुरेन्ट ।
– सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) ।
– लामो तथा छोटो दूरीका सवारी साधन ।
– अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
– खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
– अत्यावश्यकबाहेकका सबै सार्वजनिक सेवा ।

के गर्न हुन्छ के गर्न हुँदैनः 

 

यो पनि हेर्नुस्- उपत्यकाका ३ जिल्लामा १५ दिनको निषेधाज्ञा सुरुः के खुल्ने के बन्द हुने (सूचीसहित) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्