विप्लवको विशेष सूचनाः पार्टीको आधिकारिक निर्णय आउन बाँकी नै छ – Janadesh Daily | ePaper

विप्लवको विशेष सूचनाः पार्टीको आधिकारिक निर्णय आउन बाँकी नै छ


जनादेश सोसल मिडिया वाच ।

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द पार्टीको दशौं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक हुन बाँकी रहेको भन्दै बाहिर चलेका चर्चाका कारण भ्रममा नपर्न आग्रह गरेका छन् ।

विप्लव समूहको बैठकका निर्णयबारे विभिन्न सञ्चार माध्यममा विभिन्न तरिकाले सूचना आएपछि विप्लवले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारीसहित आग्रह गरेका हुन् ।

पार्टीको बैठकका आधिकरिक निर्णय सार्वजनिक हुन बाँकी नै रहेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा विप्लवले लेखेका छन्, ‘हालै सम्पन्न हाम्रो पार्टीको दशौं पुर्ण बैठकले गरेका निर्णयहरु आधिकारिक रुपमा बाहिर नल्याइसकेको स्थितिमा बाहिर आएका सबै सूचनाहरुलाई आधिकारिक रुपमा नबुझ्न अनुरोध गर्दछौ ।’

हालै सम्पन्न हाम्रो पार्टीको दशौं पुर्ण बैठकले गरेका निर्णयहरु आधिकारिक रुपमा बाहिर नल्याइसकेको स्थितिमा बाहिर आएका सबै सूचनाहरुलाई आधिकारिक रुपमा नबुझ्न अनुरोध गर्दछौ ।

Posted by Netra Bikram Chand Biplab on Wednesday, 28 April 2021

 

यस अघि विप्लव फेरि भूमिगत भएको र हराएको चर्चा चलेपछि विप्लवले पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको बताएका थिए । त्यतिबेला सञ्चार माध्यममा आएका विप्लव गुमनाम भन्ने समाचारको खण्डन गर्दै विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेका थिए ।

विप्लव समूहले अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गरेको थियो । विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताइरहेको छ । सरकारसँगको सहमतिमा प्रतिवद्ध रहेको भन्दै विप्लव समूहले सहमति भाँड्ने गरी गलत प्रचार नगर्न पनि आग्रह गरेको छ । गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए ।

सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि घटेका छन् । सरकारले विप्लव कार्यकर्ताका मुद्दा फिर्ता लिने बताइएपनि अहिलेसम्म अघी बढ्न सकेको छैन । सरकारी वकिलको कार्यालयले पनि मुद्दा फिर्ता लिन नमिल्ने बताउन थालेको छ । यद्यपि जसपाका १ सय २० कार्यकर्ताको मुद्दा भने सरकारले फिर्ता लिएको जानकारी बुधबार सरकारका प्रवक्ताले गरेका थिए ।

यो पनि हेर्नुस्-

चीनका आलोचक र शक्तिशाली भारतीय रक्षा अधिकारी काठमाडौं आउने तय

गण्डकीको आइसियु प्रकरणपछि बाबुराम भट्टराईको लेखेः तर देशले हार्नेछ…

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्