कोरोना संक्रमित पूर्वरानी कोमललाई श्वासप्रश्वासमा समस्या, आइसियुमा सारेर हाइ फ्लो अक्सिजन सपोर्ट – Janadesh Daily | ePaper

कोरोना संक्रमित पूर्वरानी कोमललाई श्वासप्रश्वासमा समस्या, आइसियुमा सारेर हाइ फ्लो अक्सिजन सपोर्ट


जनादेश, काठमाडौँ ।

पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।

अस्पतालले जारी गरेको प्रेस नोट अनुसार उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो ।

उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अन्य स्वास्थ्य समस्या भने नदेखिएको अस्पतालले जनाएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनि पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्