आइपिएल क्रिकेटः दिल्लीले कोलकातालाई ७ विकेटले हरायो – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः दिल्लीले कोलकातालाई ७ विकेटले हरायो


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।

अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्