निषेधाज्ञामा आजदेखि थप कडाई, अहिलेको अवधिमा नगर्नुस् यी काम – Janadesh Daily | ePaper

निषेधाज्ञामा आजदेखि थप कडाई, अहिलेको अवधिमा नगर्नुस् यी काम


जनादेश अपडेट ।

काठमाडौं उपत्यकामा हिजोदेखि सुरु भएको १५ दिने निषेधाज्ञामा आजदेखि थप कडाई गर्ने तयारी प्रहरीले गरेको छ । निषेधाज्ञाको समयमा मानिसहरुलाई बाहिर निस्कन दिइएकव छैन भने काठमाडौं उपत्यकाका सबैजसो चाेक प्रहरी खटिएका छन् । बिना कारण हिँडडुल गर्ने सर्वसाधारण र तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि कारवाही भैरहेको छ ।

आजदेखि थप कडाई
निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । शुक्रबारदेखि भने सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 सरकारको निर्देशन कडाइका साथ पालना गराइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ ।

सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा रोक प्रायः लगाइएको छ । पास वितरणमा पनि कडाइ गर्ने तयारी छ। स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन्।

यसका साथै काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमती पाउने छैनन्। रात्रि बस नपठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको छ।


काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ। यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।

निषेधाज्ञाको बेला सञ्चालन हुने सेवा
-एम्बुलेन्स, शववाहन, दमकल ।
– सुरक्षा निकायका सवारी साधन ।
– अत्यावश्यक सागम्री बोकेका ढुवानी साधन ।
– अनुमति लिएका सवारी साधान । विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारी साधन ।
– खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म ।
– सरकारी, बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सेवाका कर्मचारी ।
– पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
– डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र १० देखि ५ बजेसम्म) ।
– खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन ।

बन्द रहने सेवाः
– होटल तथा रेस्टुरेन्ट ।
– सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) ।
– लामो तथा छोटो दूरीका सवारी साधन ।
– अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
– खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
– अत्यावश्यकबाहेकका सबै सार्वजनिक सेवा ।

गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो।

सोही अधिकार प्रयोग गर्दै बाँके लगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्