नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्सको निरस बराबरी – Janadesh Daily | ePaper

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्सको निरस बराबरी



जनादेश, काठमाण्डौं । नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामू यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुके ।

प्रतियोगिताको यो पहिलो गोलरहित बराबरी हो । दशरथ रंगशालामा भएको पहिलो खेल वर्षाले प्रभावित रह्यो । त्यसमा पोखराले काठमाडौंमाथि लगातार दबाब सिर्जना गरेको थियो । तर त्यो कुनै पनि निर्णायक सावित हुन सकेन् ।

दोस्रो हाफपछि भने काठमाडौंले खेलमा फर्कने प्रयास गरे पनि त्यो सटिक रहेन । प्रतियोगितामा अहिलेसम्म भएका खेलमध्ये प्राविधिक रूपमा कमजोर रह्यो । यसैक्रममा काठमाडौंका मेसुकी ओलुमो ८१ औं मिनेटमा गोलको राम्रो अवसरमा चुके ।

विपक्षी टिमका गोलरक्षक दीप कार्कीलाई बिट गरेर पनि गोल गर्न असफल रहे । यो खेलपछि दुवै टिमको समान चार अंक भएको छ । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रह्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्