अन्तर्राष्ट्रिय उद्धार उडान रोकिएः विदेशमा अलपत्र नेपाली – Janadesh Daily | ePaper

अन्तर्राष्ट्रिय उद्धार उडान रोकिएः विदेशमा अलपत्र नेपाली


जनादेश काठमाण्डौ,


घोराही । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पछिल्लो पटक देशभर बाढिपहिरो लगायत दैवी विपत्तिका कारण उद्धार उडानबाट काठमाडौं ओर्लिने सर्वसाधरणलाई प्रदेश र स्थानीय तहमा बनाइएका होल्डिङ सेन्टरमा लैजान समस्या देखिएपछि तत्काल उद्धार उडान रोकिएको हो ।

सीसीएमसीले जेठ २९ देखि थालेको उद्धार उडान पछिल्लोपटक साउन ८ सम्म खुला गरिएको थियो । अलपत्र नेपालीलाई उनीहरुकै खर्चमा उद्धार गर्ने भनिएको थियो । यो अवधिमा २५ वटा मुलुकबाट ३४ हजार ८ सय ३० नेपाली स्वदेश फर्किएका थिए ।

उद्धार उडानका लागि सीसीएमसीले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई अनुमति दिँदै आएको थियो ।सरकारले नियमित उडान भदौ १ गतेदेखि सुचारु गर्ने जनाएको छ ।

यसैबीच वायुसेवा सञ्चालक संघ नेपालले आज पर्यटन मन्त्री योगेश भट्टराईलाई प्राकृतिक विपतका बेला नियमित उडान खुला गर्न ज्ञापन बुझाएको छ ।

सरकारले भदौ १ गतेदेखि भीडभाड हुन नदिन प्रतिघन्टा ३ सय यात्रुलाई सेवा दिने उद्देश्यले लकडाउन अघिको दाँजोमा भदौमा पहिलो चरण २५ प्रतिशत मात्रै उडान खुला गर्ने तयारी गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्