कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने पशु चिकित्सकको दाबी – Janadesh Daily | ePaper

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने पशु चिकित्सकको दाबी


एजेन्सी ।

एक जर्मन पशु चिकित्सा विश्वविद्यालयले गरेको अध्ययन अनुसार केही दिनको तालिमसहित कुकुरले कोरोनाभाइरस संक्रमित मानिस पहिचान गर्न सक्ने दाबी गरेको छ ।

जर्मनीका सशस्त्र सेनाका आठ कुकुरलाई एक हप्ता दिइएको तालिममा यो कुरा ९४ प्रतिशत सफल देखिएको पशु चिकित्सा विश्वविद्यालय हनोवरले नेतृत्व गरेको पायलट प्रोजेक्टले जनाएको छ । अन्वेषकहरूले कुकुरलाई एक हजार भन्दा बढी ससमान्यलगाएत संक्रमित मानिसको खकार सुँघ्न दिएका थिए जसमा कुकुरले ९४ प्रतिशत मानिसमा कोरोना रहेको वा नरहेको पत्ता लगाएको थियो ।

‘हामी सोच्छौं कि यसले काम गर्छ किनकि बिरामीको शरीरमा चयापचय प्रक्रिया पूर्ण रूपमा परिवर्तन भएको छ, ‘ युनिभर्सिटीका प्राध्यापक मारेन भोन कोएक्रिट्झ ब्लिकवेडले यस परियोजनाको बारेमा युट्यूब भिडियोमा भने-‘ हामीलाई लाग्छ कुकुरहरूले विशिष्ट गन्ध पत्ता लगाउन सक्षम छन्।’

अनुसन्धानकर्ताका अनुसार कुकुरहरू मानव भन्दा हजार गुणा बढी संवेदनशील हुन्छन् । कुकुरलाई मानिसको धेरै घुइचो हुने एयरपोर्ट, सीमा क्रसिंग र खेलकुद जस्ता ठाउँहरूमा संक्रमण पत्ता लगाउन खटाउन सकिन्छ । अनुसन्धानकर्ताहरूले भने-‘ यो अध्ययन जर्मन सशस्त्र सेनाहरू, हनओभर मेडिकल स्कूल र विश्वविद्यालय मेडिकल सेन्टर ह्याम्बर्ग, एपेन्डोर्फको साथ संयुक्त रूपमा गरिएको थियो।’

भोन कोकेरेटिज ब्लकवेडेले अर्को चरण कुकुरहरूलाई कोभिड नमूनाहरू, ईन्फ्लुएन्जा जस्ता रोगबाट अलग गर्न प्रशिक्षण दिने जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्