स्विस सरकारद्वारा नेपाललाई ४० हजार थान पिसिआर किटसहित स्वास्थ्य सामाग्री प्रदान – Janadesh Daily | ePaper

स्विस सरकारद्वारा नेपाललाई ४० हजार थान पिसिआर किटसहित स्वास्थ्य सामाग्री प्रदान


जनादेश, काठमाडौं । 

नेपालस्थित स्विस राजदूतावासले विश्व प्रशिद्ध स्विस ‘रोश ग्याग्नोस्टिक कम्पनी’ र रोशकै मातहतका कम्पनीबाट निर्मित कोरोना संक्रमण पत्ता लगाउने ४० हजार थान उच्च गुणस्तरको ‘पिसिआर परीक्षण किट’ र ४० हजार थान नै ‘हाई प्योर आरएनए एक्स्ट्राक्सन किट’ दोस्रोपटक नेपाल सरकारलाई उपलव्ध गराएको छ ।

दोस्रोपटक शुक्रबार सरकारलाई उपलव्ध गराईएको किटको पहिलो लट अर्थात २०र२० हजार थान आज काठमाडौं उत्रिएको हो भने केही दिनभित्रै बाँकी २०र२० हजार थान ९दोस्रो लट० नेपाल आईपुग्ने नेपालका लागि रोश कम्पनीको एकमात्र विक्रेता डाइग्नोटेक सर्पोट प्रालिका कार्यकारी अध्यक्ष सुशील थापाले बताए ।

यसअघि डाइग्नोटेक सर्पोट प्रालिकै पहलमा स्विस राजदूतावासले नेपाल सरकारलाई गत मे महिनामा ३० हजार थान पिसिआर टेस्टिङ्ग किट र ३० हजार थान नै हाई प्योर आरएनए एक्स्ट्राक्सन किट उपलव्ध गराएको थियो ।

त्यसैगरी रोश कम्पनीबाटै निर्मित करीव ९० लाख मुल्य बराबरको ‘रियल टाईम पिसीआर लाइट साईक्लर ४८० दुई’ दुईवटा मेसीन स्विस राजदूतावासले १ नं प्रदेशको लागि शुक्रबार नै हस्तान्तरण गरेको छ । ती दुईवटा मेशीन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्विस राजदूतावासका प्रतिनिधिले हस्तान्तरण गरेका छन् ।

मेशीन जडान तथा प्रयोगशाला व्यवस्थापनको लागि डाइग्नोस्टिक सपोर्ट प्रालिले आजै विज्ञ प्राविधिक (दक्ष बायोमेडिकल इन्जिनियर) लाई विराटनगर पठाईसकेको कार्यकारी अध्यक्ष थापाले बताए । सो मेशीनले आईतबारदेखि नै परीक्षणको कार्य गर्ने जनाइएको छ ।

अत्यन्त राम्रो गुणस्तरका कारण रोश कम्पनीबाट उत्पादित उपकरणहरु संसारभरबाटै अत्यधिक माग बढिरहेको बताइन्छ । डाईग्नोष्टिक साईन्सको अन्वेषणमा अग्रपंक्तिमा रहेर काम गरी रहेको अन्तराष्ट्रिय कम्पनी रोश स्विटजरल्याण्डमा स्थापित १२५ वर्ष भन्दा पुरानो कम्पनी हो । उक्त कम्पनी डायग्नोष्टिक क्षेत्रमा सन् २००७ देखि नै पहिलो स्थानमा रहेको बताइन्छ । कोरोनाको संक्रमण पुष्टी गर्ने पिसीआर विधिको परिक्षणलाई अमेरीकी गुणस्तर मापन संस्था युएएफडिएले रोश कम्पनीबाट निर्मित पिसिआर टेष्टलाई सन् २०२० मार्च १४ मा पहिलोे गुणस्तर प्रमाणपत्र प्रदान गरेको थियो ।

त्यसैगरी रोश कम्पनीले बनाएको ईम्युनो एसे स्वचालित एनालाईजरमा प्रयोग गर्न मिल्ने कोभिडको हाई एफीनिटी टोटल एन्टीबडी टेष्ट समेत युएएफडिए तथा युरोपियन युनियनको फ्रि सेल्स सिईआईभिडिको गुणस्तर प्रमाणपत्र प्राप्त टेष्ट हो ।

यस विधिाट नेपालमा समेत बीसवटा भन्दा बढी नीजि तथा सरकारी प्रयोगशालामा शुरुदेखि नै चलनचल्तिमा आएको रोश कम्पनीका एनालाईजर कोबास ई ४११ तथा कोबास ई ६०१ हरूमा कोभिड परिक्षण गर्न संभव रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य मंत्रालय जानकार छ भने । समुदायमा रहेको ‘सेरो प्रिभेलेन्स’ को सर्र्वेक्षण गर्नको लागि यस टेष्टको महत्व रहेको बताइन्छ ।

नेपालमा पनि महामारीको समयमा यस्ता सर्वेक्षणको तथ्यांक लिई जनस्वास्थ्यको उचित सम्बर्धन गर्नु राज्यको दाईत्व भित्र पर्ने हुनाले उचित समय आई सकेको र मन्त्रालयले यसबारे छिट्टै गाईडलाईन ल्याउने आशा गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्