आइपिएल रोकिने संकेत, खेलाडी र अफिसियललाई कोरोना लागेपछि सोमबारको खेल रोकियो – Janadesh Daily | ePaper

आइपिएल रोकिने संकेत, खेलाडी र अफिसियललाई कोरोना लागेपछि सोमबारको खेल रोकियो


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजन पनि प्रभावित हुने सम्भावना बढेको छ । कोरोना महामारीका कारण यो वर्ष आइपिएल रोकिने हो कि भन्ने आशंका बढेको छ ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना देखिएपछि प्रतियोगिता रोकिने सम्भावना बढेको हो । चेन्नई सुपर किङ्सका तीन सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ भने कोलकाता नाइट राइडर्सका २ खेलाडी संक्रमित भएका छन् ।

चेन्नइ टिमका प्रमुख कार्यकारी कासी विश्वनाथन र बलिङ प्रशिक्षक एल बालाजीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। यस्तै, एक बस क्लिनरकाे रिपाेर्ट पनि पाेजेटिभ आएकाे छ। उनीहरुलाई आईपीएलको नियमअनुसार बायोबलमा राखिएको थियो।

उनीहरुमा काेराेना संक्रमण पुष्टि भएसँगै टाेलीले साेमबार बाेलाइएकाे अभ्यास खेल रद्द गरेकाे छ।

यस्तै संक्रमितकाे सम्पर्कमा रहेका खेलाडीहरुकाे पनि काेराेना परीक्षण गरिएकाे थियाे। तर, सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे जनाइएकाे छ।

साेमबार नै कोलकाता नाइट राइडर्स (केकेआर)का कोलकाता तीव्र गतिका बलर प्याट कमिन्स, स्पिनर बरुण चक्रबर्ती, सन्दीप वारियर संक्रमित भएका छन्। उनीहरुमा संक्रमण पुष्टि भएपछि सोमबार हुने रोयल च्यालेन्जर्स बेंग्लोरसँग तय गरिएको खेल रद्द गरिएको छ।

यसअघि कोलकाता नाइट राइडर्सकै नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स संक्रमित भएका थिए।

जारी आईपीएलमा दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ। चेन्नई ७ खेलमा ५ जित र २ मा हारसहित १० अंकसहित दाेस्राे स्थानमा छ।

बेंग्लोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ। मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जितसहित ८ अंक बटुल्दै चौथो स्थानमा छ।

राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जितसहित ६ अंकका साथ पाँचौं स्थानमा छ। पन्जाब किङ्स ८ खेलमा ५ मा हार र ३ मा जितसहित ६ अंक जोड्दै छैटौं स्थानमा छ।

कोलकाता ७ खेलमा ५ मा हार र २ जितसहित ४ अंकका साथ सातौं स्थानमा छ। सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जितसहित २ अंक जोड्दै पुछारमा छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्