धारिलो हतियार प्रहार गरी पसल सञ्चालकको हत्या, एक युवक पक्राउ – Janadesh Daily | ePaper

धारिलो हतियार प्रहार गरी पसल सञ्चालकको हत्या, एक युवक पक्राउ


झापा ।

झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यकोे हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उहाँकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए । आक्रमणमा गम्भीर घाइते हुनुभएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्