भारतमा २४ घण्टामा साढे ३ लाख संक्रमित थपिँदा ३४ सय जनाको मृत्यु – Janadesh Daily | ePaper

भारतमा २४ घण्टामा साढे ३ लाख संक्रमित थपिँदा ३४ सय जनाको मृत्यु


अन्तर्राष्ट्रिय अपडेट ।

दोश्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ५५ हजारमा संक्रमण भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६६ लाख ७०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ छ ।

यस्तै त्यहाँ एकैदिन ३४ सय ३८ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्