च्याम्पियन्स लिग फुटबलः पिएसजी स्तब्ध पार्दै म्यानचेस्टर सिटी पहिलोपटक फाइनलमा – Janadesh Daily | ePaper

च्याम्पियन्स लिग फुटबलः पिएसजी स्तब्ध पार्दै म्यानचेस्टर सिटी पहिलोपटक फाइनलमा


जनादेश स्पोर्ट्स ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पारेर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलेपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–१ को जितसहित उपाधि भिडन्तमा पुगेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जिताउने क्रममा दुवै गोल रियाद महरेजले गरेका हुन् ।

महरेजले ११ र ६३ औँ मिनेटमा गोल गरेका हुन् । पछि परेको पिएसजी चोटका कारण खेल्न नसकेका केलियन एमबाप्पे बिना थियो । ६९ औँ मिनेटमा एन्जल डी मारिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

म्यानचेस्टर सिटीले आउँदो मे २९ मा स्थानबुलमा हुने फाइनलमा चेल्सी वा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्