कोरोनाले आइपिएलको जारी संस्करण अनिश्चितकालका लागि स्थगित – Janadesh Daily | ePaper

कोरोनाले आइपिएलको जारी संस्करण अनिश्चितकालका लागि स्थगित


जनादेश स्पोर्ट्स ।

आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।

चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।

त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्