विश्वमा कोरोनाले २४ घण्टामा साढे १३ हजार जनाको मृत्यु, भारतमामात्र ३७ सयले गुमाए ज्यान – Janadesh Daily | ePaper

विश्वमा कोरोनाले २४ घण्टामा साढे १३ हजार जनाको मृत्यु, भारतमामात्र ३७ सयले गुमाए ज्यान


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ६२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ७८६ जना र ब्राजिलमा ३ हजार २५ जना छन्।

अमेरिकामा ८४८, फ्रान्समा २४७, टर्कीमा ३३६, रुसमा ३३७, इटालीमा ३०५, कोलम्बियामा ४६३, अर्जेन्टिनामा ४१०, इरानमा ३४४, जर्मनीमा २६५, इरानमा ३४४ जनाको मृत्यु भएको छ।

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।

भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ छ । यस्तै त्यहाँ एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्