माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता – Janadesh Daily | ePaper

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


जनादेश, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्।

मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको मुख्य सचेतक देव गुरुङले बताए ।

अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते संसदको विशेष अधिवेशन बोलाएको माओवादी समेत माओवादीले गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्