वायु प्रदूषणबारे डरलाग्दो निष्कर्षः ब्लड प्रेसर र मुटुरोगसम्म निम्तिने – Janadesh Daily | ePaper

वायु प्रदूषणबारे डरलाग्दो निष्कर्षः ब्लड प्रेसर र मुटुरोगसम्म निम्तिने


अन्तर्राष्ट्रिय अपडेट ।

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ।

एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख छ।

मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन्।

अध्ययन प्रतिवेदनमा अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनको निष्कर्ष समेटिएको छ।

बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताले बताएका छन्।

बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुको दाबी छ।

अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागी थिए।

‘अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्वन्ध देखेका छौँ,’ अध्ययनमा संलग्न भएका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी)ले भने।

दुई पक्षको सम्वन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफुले भेटेको उहाँले बताए। लामो र छोटो अवधिमा अध्ययन गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि अध्ययन गरिएको उनीहरुको भनाई छ।।

अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्