प्रधानमन्त्रीलाई विश्वासको मत जुटाउने र राष्ट्रियसभामा बादललाई जिताउने एमालेको निर्णय, ओली शितल निवासमा – Janadesh Daily | ePaper

प्रधानमन्त्रीलाई विश्वासको मत जुटाउने र राष्ट्रियसभामा बादललाई जिताउने एमालेको निर्णय, ओली शितल निवासमा


जनादेश, काठमाडौँ ।

नेकपा एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने र राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।

बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘यो निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी र जित सुनिश्चित हुनेगरी यसका तयारी गर्नका लागि नेताहरुले विभिन्न सुझावहरु दिनुभएको छ’, उनले भने, ‘हामीले तदनुरुप नै विभिन्न जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने, कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुनेगरी छलफललाई अगाडि बढाउने निर्णय गरेका छौं।’

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए ।

बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्