रासायनिक मलको अभावले किसानहरु चिन्तीतः जोहो कहिले हुने हो थाहाछैन् – Janadesh Daily | ePaper

रासायनिक मलको अभावले किसानहरु चिन्तीतः जोहो कहिले हुने हो थाहाछैन्


जनादेश टीकापुर ।
रोपाइँको मुखमा युरिया मलको अभाव-The ...

कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ ।

धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ ।

धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ । युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन् ।

धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ ।

किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भन्नुभयो, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन ।” कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ ।

कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताउनुभयो । “मल ल्याउनका लागि पहल भइरहेको छ । पहल भए पनि तत्काल कतैबाट ल्याउने सम्भावना देखिँदैन”, बोगटीले भन्नुभयो, “साउनको अन्तिम सातासम्म युरिया मल आउनसक्ने आश्वासन पाएका छौँ ।”

कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । मल नपाएपछि किसान यस वर्ष धान उत्पादन घट्ने बताउँछन् ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्