पहिरामा हराएका बालकको खोजी जारी – Janadesh Daily | ePaper

पहिरामा हराएका बालकको खोजी जारी


जनादेश दार्चुला ।

महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ ।

नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए ।

शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् । सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो ।

सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । “पहिरो निकै ठूलो आएको छ ।

कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्”, उहाँले भन्नुभयो । शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ ।

आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्