सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी बनाउँने ? – Janadesh Daily | ePaper

सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी बनाउँने ?


जनादेश दाङ ।
दाङको बबई गाउँपालिकामा बस्तीस्तरमा सिकाई कार्यलाई प्रभावकारी गराउनका लागि छलफल गरिएको छ ।

कानुन मिचेर गाउँपालिका कार्यालय ...

शिक्षा शाखाको आयोजनामा बस्तीस्तरमा कसरी सिकाई कार्यलाई कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको हो ।

करिब चार महिनाको लकडाउनका कारण बबईमा स्थापना गरिएका शिकाई केन्द्रलाई थप प्रभावकारी र बिद्यार्थीलाई बस्तीस्तरमा कसरी सिकाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो ।

लकडाउनको समयमा बिद्यार्थीलाई बैकल्पिक शिक्षा मार्फत् पठनपाठन गर्नका लागि छलफल गरिएको हो ।

शिक्षक महासंघ बबईका अध्यक्ष प्रेमबहादुर वलीको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो । छलफल कार्यक्रममा सहभागी भएका शिक्षकले नयाँ ढंगले सिकाई कार्य भएको भन्दै प्रभावकारी रुपमा पठनपाठन गराउनका लागि बिद्यार्थी, शिक्षक र अभिभावकको जिम्मेवारी महत्वपुर्ण हुने बताएका थिए ।

छलफल कार्यक्रममा सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार, ब्यबस्थापन समितिका पदाधिकारीको सहभागीतामा रहेको थियो ।

बबई गाउँपालिकामा बैकल्पिक शिक्षा कार्यक्रमलाई सफल पार्न सिकाई केन्द्र र रेडियो मार्फत् बैकल्पिक शिक्षा रेडियो कार्यक्रम सञ्चालन भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्