चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण


चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण भएको छ ।

जिरे खुर्सानी टेलिश्रृंखलामा ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चामा आएका पौडलमा संक्रमणको लक्षण देखिएसँगै कोरोना परीक्षण गराएका थिए । जसमा उनको रिपोर्ट पोजिटिभ आएको हो । उनी हाल नैकापस्थित एपिअफ अस्पतालमा उपचाररत छन् ।

यसअघि नेपाली मनोरञ्जन क्षेत्रका हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका वर्षा राउत, निर्देशक ऋषि लामिछाने र उनकी पत्नी सरिता लामिछानेमा पनि संक्रमण पुष्टि भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्