नवनियुक्त दुई मन्त्रीको शपथ ग्रहण – Janadesh Daily | ePaper

नवनियुक्त दुई मन्त्रीको शपथ ग्रहण


कर्णाली ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।

नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।

आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हाल्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्