काम धेरै गर्दा मृत्युदर बढ्ने – Janadesh Daily | ePaper

काम धेरै गर्दा मृत्युदर बढ्ने


विश्व स्वास्थ्य संघ र आईएलओले साप्ताहिकरुपमा ५५ घण्टा वा सो भन्दा लामो अवधि काम गर्नेहरुको मुटु तथा मस्तिष्क घातका कारण हुने मृत्युदर बढी हुने गरेको बताएका छन् । गत मे १७ मा विश्व स्वास्थ्य संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साप्ताहिकरुपमा लामो समयावधि काम गरेका कारण मुटुरोग र मस्तिष्क घात भएर सन् २०१६ मा ७ लाख ४५ हजार मानिसको मृत्यु भएको र सन् २००० को भन्दा यो संख्या २९ प्रतिशतले वृद्धि भएको छ ।

लामो समय काम गर्दा हुने स्वास्थ्य समस्या र मृत्युका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र विश्व श्रम संगठनले गरेको पहिलो अध्ययन तथा विश्लेषणअनुसार सन् २०१६ मा मस्तिष्कघात भएर करिब ३ लाख ९८ हजार र मुटुरोगका कारण करिब ३ लाख ४७ हजार कामदारको मृत्यु भएको पाइएको छ । यो अध्ययन हप्तामा ५५ घण्टा वा सो भन्दा बढी काम गर्नेहरुबीच सन् २००० देखि सन् २०१६ का बीचमा गरिएको थियो ।

सो अध्ययनको निष्कर्षअनुसार हप्तामा ५५ घण्टा वा सो भन्दा बढी अवधि काम गर्दा मस्तिष्क घातको कारण हुने मृत्य ३५ देखि ४० घण्टा प्रतिहप्ता काम गर्नेहरुको भन्दा ३५ प्रतिशत बढी हुने र मुटुका रोगका कारण हुने मृत्युमा १७ प्रतिशत बढी हुने गरेको छ । साप्ताहिकरुपमा बढी समयावधि काम गर्ने प्रवृत्ति हाल विश्वभर नै भइरको छ । हाल कुल ९ प्रतिशत कामदारले तोकिएको भन्दा बढी समयावधि काम गरिरहेका छन् ।

विश्व स्वास्थ्य संघ, वातावरण तथा स्वास्थ्य विभाग निर्देशक डा. मारिया नइराले हप्तामा ५५ घण्टा वा सो भन्दा बढी काम गर्नु स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन् । लामो समयावधि काम गर्नाले कामदारको अकालमै मृत्यु हुन्छ भन्ने कुरामा सरकारी निकाय, रोजगारदाता र कामदारहरु सचेत हुनुपर्ने बेला आएको उहाँले बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्