बाढीपीडतिलाई राहत बाँडन वाईसीएल सन्धिुपाल्चोकमा – Janadesh Daily | ePaper

बाढीपीडतिलाई राहत बाँडन वाईसीएल सन्धिुपाल्चोकमा


काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको केन्द्रीय टोलीले मेलम्ची, हेलम्बु र चनौटेका बासिन्दालाई खाना पकाउने प्रेसर कुकरलगायतका भाँडाकुँडासहित अत्यावश्यक सामग्री वितरण गरेको प्रवक्ता पुष्प वलीले जानकारी दिए ।

May be an image of 4 people and outdoors

बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले विपद् राहत कोष खडा गरेको थियो । उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाईसीएलले जनाएको छ ।

May be an image of 3 people, people standing, people sitting and outdoors

माओवादी केन्द्रले यसअघि बाढी पहिरो पीडितको सेवामा खटिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्