युरोकप फुटबलमा आज दावेदारहरुको प्रतिस्पर्धा – Janadesh Daily | ePaper

युरोकप फुटबलमा आज दावेदारहरुको प्रतिस्पर्धा


युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह एफअन्तर्गत नेपाली समयअनुसार राति पौने आठ बजे बुडापेस्टस्थित पुस्कास एरेनामा सुरु हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेलमा फ्रान्स लिगमा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।

त्यस्तै, दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । समूह एफकै खेल म्युनीकस्थित फुटबल एरेनामा नेपाली समयअनुसार राती पौने १० बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ ।

पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो । जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीका लागि यो खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जीतबाहेक अन्य विकल्प छैन ।

त्यसैगरी, तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । समहु इ अन्तर्गतको खेल सेभीयामा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्ड भने पहिलो जितको लक्ष्यसहित मैदान उत्रने छ । अंकविहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २-१ ले पराजित भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्