युरोकप फुटबलः जर्मनीलाई पोर्चुगलको २ आत्मघाती दुई गोल उपहार – Janadesh Daily | ePaper

युरोकप फुटबलः जर्मनीलाई पोर्चुगलको २ आत्मघाती दुई गोल उपहार


जनादेश स्पोर्ट्स ।

युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।

खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६० मिनेटमा रोविन गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितको लागि पर्याप्त भएन र खेल ४–२ को नतिजामा सकियो ।

जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । अन्तिम १६ मा प्रवेशको लागि यो समूहका सबै टोलीको सम्भावना रहेको छ ।

त्यस्तै युरो कप फुटबलको समूह ‘एफ’ अन्तर्गत शनिबार भएको खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् । पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्