काठमाडौं निषेज्ञाज्ञा अपडेटः जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिने निर्णय – Janadesh Daily | ePaper

काठमाडौं निषेज्ञाज्ञा अपडेटः जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिने निर्णय


काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएपनि थप खुकुलो पार्ने निर्णय प्रशासनले गरेको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यद्यपि अबको निषेधाज्ञा भने खुकुलो हुने छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमणको अवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाभर वा जिल्लाको कुनै निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो । अब गरिने लकडाउनलाई सरकारले ‘स्मार्ट लकडाउन’ भनेको छ ।

जिल्ला प्रशासनले लकडाउन भन्ने शब्दप्रति असहमति जनाएको बताइएको छ । तर सीसीएमसीका एक अधिकारी सीडीओको निर्णयानुसार हुने ‘निषेधाज्ञा’ले मात्रै ‘नपुग्ने’ भएकाले स्मार्ट लकडाउनको अवधारणा ल्याइएको दाबी गरे । उनका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एकीकृत योजना बनाएर केन्द्रबाटै लागू गर्नेगरी ‘स्मार्ट लकडाउन’को अवधारणा ल्याइएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्