उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइयो, निजी सवारी साधनमा जोर विजोर प्रणाली – Janadesh Daily | ePaper

उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइयो, निजी सवारी साधनमा जोर विजोर प्रणाली


जनादेश, काठमाडौँ ।

काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै, अब निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने भएको छ । जोर नम्बर प्लेटको निजी सवारी साधन जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय भएको बैठकले बताएको छ । बैठकका अनुसार असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर, सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्