नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो, सबै उमेर समूहलाई उत्तिकै जोखिम – Janadesh Daily | ePaper

नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो, सबै उमेर समूहलाई उत्तिकै जोखिम


काठमाडौँ ।

नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।

देशका विभिन्न ठाउँहरुबाट संकलित ४८ वटा नमुनाहरु भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गर्न पठाइएको थियो । ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ।

मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहकाहरुलाई नै असर गर्ने जनाइएको छ । उक्त भेरियन्टबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनका लागि मन्त्रालयले आग्रह गरेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्