कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु – Janadesh Daily | ePaper

कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु


लस एञ्जलस ।

अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ ।सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ ।एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्