ओलीलाई प्रचण्डको प्रहार: लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको तपाई वामपन्थी ? – Janadesh Daily | ePaper

ओलीलाई प्रचण्डको प्रहार: लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको तपाई वामपन्थी ?


जनादेश, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली लोकतन्त्र र संविधान ध्वस्त पार्नतिर लागेको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’, भनेर ओलीलाई जवाफ दिएको बताए ।

त्यस्तै, गठबन्धन बारे सोधिएको प्रश्नमा प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेकाले यो नटुट्ने बताएका छन् ।

यस्तै, देशको राष्ट्रियताको रक्षा गर्नै पर्ने बताउँदै उनले भने ‘पाँच दलीय गठबन्धनको सैद्धान्तिक, राजनीतिक र भावनात्मक आधारबारे छलफल गरेर नै गठबन्धन बनेको हो’ प्रचण्डले भने, ‘संविधानलाई परिमार्जित गर्दै लैजाने , निर्वाचनका बेला भनेका लोकतन्त्रको आधारभूत मान्यतालाई रक्षा गर्नैपर्छ । देशको राष्ट्रियताको रक्षा गर्नैपर्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्