भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई – Janadesh Daily | ePaper

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई


काठमाडौँ ।

यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पुर्‍याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु एक लाख २५ हजार रहने छ ।

त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ । सो पुरस्कार भने आगामी साउन ३२ गते परिषद्को ७१ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु ५० हजार रहने छ ।

अध्यक्ष रमा शर्माका सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो । परिषद्बाट ‘आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८ औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्