सुपरस्टार अभिनेता आमिर खानको दोश्रो डिभोर्स, पत्नी किरणसँग अलग हुने घोषणा – Janadesh Daily | ePaper

सुपरस्टार अभिनेता आमिर खानको दोश्रो डिभोर्स, पत्नी किरणसँग अलग हुने घोषणा


बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले सँग अलग हुने निर्णय गरेका छन् । भारतीय मिडियाका अनुसार आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेका हुन् ।

२८ डिसेम्बर २००५ मा उनीहरुको बिहे भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरुले भनेका छन् ।

आफूहरुले सहमतिमै एक–अर्काबाट अलग भएर बस्ने निर्णय गरेको बताएका छन् । जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको जानकारी दिएका छन्।

अलग भएपनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा गरेका छन् । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् । उनीहरुले यो निर्णय लिन परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्