मृत फेला परेकी अभिनेतृ जेनी कुँवरको सुसाइड नोटमा के छ ? लेखेकी छिन्- पुलिस दाजु यसमा… – Janadesh Daily | ePaper

मृत फेला परेकी अभिनेतृ जेनी कुँवरको सुसाइड नोटमा के छ ? लेखेकी छिन्- पुलिस दाजु यसमा…


जनादेश अपडेट ।
नायिका जेनी कुँवरको शव काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति फेला परेको छ। उनी सनराइज सिटीको उक्त अपार्टमेन्टमै बस्दै आएकी थिइन् ।

‘उनको शव अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले भने ।

प्रहरीका अनुसार शवसँगै जेनी कुँवरको सुसाइड नोट भेटिएको छ । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् ।

ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन् ।

निर्मातासमेत रहेकी कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायत फिल्ममा अभिनय गरेकी थिइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्