बनेपाको पुल बजारमा डुवान (तस्विरसहित) – Janadesh Daily | ePaper

बनेपाको पुल बजारमा डुवान (तस्विरसहित)


जनादेश अपडेट ।

काभ्रेको बनेपा बजारस्थित पुल बजारस्थित सडक डुबानमा परेको छ।

गए रातिदेखि परेको वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।

जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्रहरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अवरूद्ध छ।

प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। बर्खा लागेसँगै वर्षेनी बनेपाको पुल बजार क्षेत्रमा पानी जम्मा भएर सडक अवरूद्ध हुने गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्