राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान – Janadesh Daily | ePaper

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान


काठमाडौँ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गर्नुभएको हो ।

ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो ।

सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पुरनसिंह दयाल, बैतडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० र जागरण मिडिया सेन्टरलाई प्रदान गरियो । ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ प्रा डा देवीप्रसाद सुवेदी, लमजुङ र स्नेह सायमी, काठमाडौँलाई दिइयो । महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्