पुरुषका लागि पनि आयो गर्भनिरोधक सुई – Janadesh Daily | ePaper

पुरुषका लागि पनि आयो गर्भनिरोधक सुई


काठमाडौं ।

गर्भनिरोधक सुइको कुरा आउँदा हामी महिलाले मात्रै लगाउने भन्ने बुझ्छौं । तर, भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको बताएका छन् । भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरु पुरुष गर्भनिरोधक सुइ बनाएका छन् ।

जुन सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा।आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न बताउँछन् । यो सुईको प्रयोग भारतको विभिन्न राज्यमा भइसकेको छ।

दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिसकेको छ । एक पटक संगीनी सुई लगाएर महिलाहरु तीन महिनासम्म ढुक्क भए झैं यो सुइ लगाएपछि पुरुषहरु पनि १५ बर्षसम्म ढुक्क हुन सक्ने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्